मेलम्चीमा भ्रष्टाचार ः अदालत उपस्थित भएका रुद्रसिंह तामाङसँग ५० हजार धरौटी माग

, काठमाडौं।मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार भएको विषयमा अदालतमा उपस्थित भएका रुद्रसिंह तामाङसँग विशेष अदालतले धरौटी माग गरेको छ । उनीसँग ५० हजार धरौटी माग गरिएको विशेषले जनाएको छ । 

बिहीबार उनी विशेषमा उपस्थित भएका थिए । उनको निवेदनमाथि सुनुवाइ गर्दै विशेषका सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापको इजलासले यस्तो आदेश गरेको हो ।

तामाङ मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड सदस्य हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसमेत १८ जनालाई प्रतिवादी बनाउँदै दुई महिनाअघि मुद्दा दायर गरेको थियो । 

तामाङमाथि ११ करोड नौ लाख रुपैयाँभन्दा बढी सरकारलाई हानीनोक्सानी गराएको अभियोग छ । तीन पूर्वसचिव समेतलाई प्रतिवादी कायम गर्दै ६ फागुन २०८० मा मुद्दा दायर भएको थियो ।