मुख्यमन्त्री जम्कट्टेल चैत १९ गते विश्वासको मत लदैँ

वाग्मती प्रदेशसभाको बैठकका लागि चैत १९ गते सोमबार आवाहन गरिएकाे छ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकका अनुसार प्रदेशसभाको बैठक चैत १९ गते दिउँसो १ बजे बसिने छ।

सभामुख पाठकका अनुसार बैठकमा  मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मत लिने छन्।प्रदेशसभाको बैठक बस्नुपूर्व सभामुख पाठकले कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत आह्वान गरेका छन् । कार्य व्यवस्था परामर्श समितिको बैठक चैत १८ गते आइतबार दिउँसो ३ बजे बस्ने तय गरिएको छ ।

एक सय १० सदस्य रहेको वाग्मती प्रदेशसभामा नेकपा (माओवादी केन्द्र)का २१, नेकपा (एमाले)का २७ (उपसभामुखसहित), नेकपा (एकीकृत समाजवादी)का सात र  हाम्रो नेपाली पार्टीका दुई सदस्य छन् ।

यसैगरी, प्रदेशसभामा नेपाली कांग्रेसका ३७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का १३ (सभामुखसहित) र नेमकिपाको तीन सदस्य रहेका छन् ।