कपनबाट पेस्तोल सहित एक जना प्रहरी नियन्त्रणमा

काठमाडाैँ महानगरपालिका वडा नं. ०६ सरस्वतीनगरबाट पेस्तोल सहित एक पुरूषलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा जिल्ला ताप्लेजुङ फुङलिङ न.पा. वडा नं. ०९ घर भई हाल सोही ठाउँ बस्ने  २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बु रहेका छन् ।

गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रण गर्ने जिल्ला प्रहरी परिसरको अभियान अन्तर्गत कपन क्षेत्रमा पछिल्लो समयमा गुण्डागर्दी गर्ने र समाजमा भय त्रास सृजना गर्ने व्यक्तिहरुको खोजतलस गर्ने क्रममा लिम्बु पक्राउ परेका हुन्।

प्रहरीले निजलाई नियन्त्रणमा लिई घर तलासी गर्दा कटुवा पेस्तोल थान - १, धारिलो चक्कु थान - २, फलामको हम्बर थान - १, मोबाईल थान - २ सहित नियन्त्रणमा लिईएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।