गठबन्धन टुटेपछि प्रचण्ड र देउवाबीच पहिलोपटक भेटवार्ता

काठमाण्डु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। 


नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलोपटक बिहीसवार बालुवाटार पुगेका हुन्।

बालुवाटारमा उनीहरुबीच संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल भएको छ । साथै संक्रमणकालीन न्यायलाई टुंगो लगाउने विषयमा पनि दुई नेताबचि छलफल भएको जनाइएको छ ।


माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड नेकपा एमालेसँग मिलेपछि देउवा रुष्ट बनेका छन् ।