भ्रष्टाचार अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण सहयोग हुन्छ : प्रधानमन्त्री
![](https://snowberry.prixacdn.net/media/gallery_folder/prachanda-1_EPAfjg9hOj_jwfcz8zquxibntbpsa0bqb7fwq9jqvqk6rxodt82juqfcxjg058doqw0ct0u_rt0DZFM7sE_92brkhpugbo8fp1n3anhonqqpubckwk5jgnbyls6sywlgyocaa02ujqvgaoq.jpg)
काठमाडौँ, २८ माघ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताउनुभएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३३ औँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले विभिन्न कालखण्डमा घटेका सबै साना–ठूला घनामा आयोगले भ्रष्टाचार न्यूनीकरण र प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।
प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “माथिल्लो तहदेखि तल्लातहसम्म गलत कार्य गर्ने, भ्रष्टाचार गर्ने जोकोही व्यक्ति, कर्मचारी वा पदाधिकारीलाई छानबिन र कारवाहीको दायरामा ल्याउन सरकार प्रतिबद्ध छ र यस्ता कार्यमा सरकारले आयोगलाई हस्तक्षेप गर्दैन ।”
सुशासन प्रवर्द्धनमा आयोगले पुर्याएको योगदानको प्रशंसा गर्दै प्रधानमन्त्रीले भ्रष्टाचार विरुद्धको लडाइँमा आयोग थप अडिग र कटिबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य हुने उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यस्ता गतिविधिप्रति शून्य सहनशीलताको नीति अवलम्बन गर्दै आएको स्पष्ट पार्नुभयो ।
भ्रष्टाचार नियन्त्रण गर्नका लागि आयोग र आयोगजस्ता भ्रष्टाचार नियन्त्रण गर्ने निकायहरूलाई कानुनी, प्रशासनिक र आर्थिक रूपले सबल बनाउन सरकारले आफ्ना नीति, कार्यक्रम तथा बजेटलाई केन्द्रित गरेको प्रधानमन्त्रीले जानकारी दिनुभयो ।
सुशासनको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार विरूद्धको लडाइँमा संवैधानिक आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निभाउँदै आएको महत्त्वपूर्ण भूमिकाको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले आयोगप्रति नागरिकले राखेका आशा र भरोसालाई आगामी दिनमा पनि कायम राख्नुपर्ने बताउनुभयो ।
राष्ट्रले लिएको विकास र समृद्धिको दीर्घकालीन लक्ष्य हासिल गर्नका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कानुनको शासन, मानव अधिकारको संरक्षण तथा समतामूलक र समावेशी शासनको प्रत्याभूतिका गर्नका लागि आयोगले इतिहासदेखि नै खेल्दै आएको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले आगामी दिनमा भ्रष्टाचारमुक्त समाज स्थापना गर्ने सबालमा आयोग दृढताका साथ उभिनेछ विश्वास व्यक्त गर्नुभयो ।
विश्वव्यापी रूपमा भएको प्रविधिको द्रूततर विकाससँगै भ्रष्टाचारजन्य क्रियाकलाप र प्रवृत्तिको स्वरूप, तौरतरिका, प्रवृत्ति, सघनता र आयाममा समेत व्यापक परिवर्तन आएको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “एकातार्फ आयोगको कार्यक्षेत्र विस्तार गर्नुपर्ने चुनौती छ भने अर्कोतर्फ आयोगको कार्य प्रणालीमा देखिएका समस्या समाधान गर्दै लैजानुपर्ने चुनौती छ ।”
भ्रष्टाचार नियन्त्रणको महत्त्वपूर्ण भूमिका बोकेको आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भिक तवरले भ्रष्टाचार र अनियमितताका विरूद्ध अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन नवीनतम प्रविधिको प्रयोग गर्नुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।
–––––––
![धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरीले हान्यो अश्रुग्यास](https://snowberry.prixacdn.net/media/gallery_folder/Nova-Hospital_B4jErkr9AR_nkxga7klyjokcjkpttv0kknwo17afybljip0d9okctluhwfc2prri8y6ngzg_1eVahqjltU_40jk7qku0ak4jtvjqjfphc4ogvbwmo0ntyu6a1xn0uapwbdrkejqfilibzkb.jpg)
धनगढीको नोभा अस्पतालमा बिरामिकाे मृत्युपछि तनाव,स्थिति नियन्त्रणमा लिन प्रहरील…
![आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त](https://snowberry.prixacdn.net/media/gallery_folder/rai-ganesh-co_W5YXKTIi85_ajzmgm4p1zxzg4ffg19wkoaruaecvuehkeahqhcbcvqiqso74nqpozvibknq_fJaOsXeY0v_cpylwhl8cwfdboenekvpatb6gpuplzpuzcvw5fkytp50jlgo3uaygrdhx9yt.jpg)
आधा हातले कम्प्युटर चलाउने गणेश राई प्रधानमन्त्रीको सचिवालयमा नियुक्त
![दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना](https://snowberry.prixacdn.net/media/gallery_folder/flower_exhibition2024-03-18-03-03-29_Bk2d8ufVTF_ybjfejehfthfegt21rmtvfmnd1yeb6nr8jpv9ax2kvozxf7bhmgwrhocfdhp_gapCEBZeqe_3iu9m9hwm6w7ch0xmcq7cbnpeoiztzp0fnnpsgkscay16ke6nqkxfqeb5vw8.jpeg)
दुई हजार रोपनीमा फलफूल बगैँचा स्थापना
![कृषि उपजलाई बजार अभाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Kirsi%2520upaj_rvvsFfbYGF_xlvsepkbfi6vbhtrkb8kzttptkl47m0xoxox9w7bb0j95pm27biczlrpsjhh_R4aPTPD1kO_sixztqpemjd4ag4s5npmqduh9iwdc9fupddmrrowr1hjlljgzwtqmfwobgxd.jpg)
कृषि उपजलाई बजार अभाव
![सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रमाणित गर्न अपराधको साहरा](https://snowberry.prixacdn.net/media/gallery_folder/rajasthan-man2_b24UhVTm91_v3FnQQpmWG_wzhmgcn2rftlskpvzebmzetb8yzxqsbelctoxaewxwzhutzcc9ys0lwybams_U36XuMTaAy_each8ainxghjfn4cuhhnhpotedjanws6fzjr5ezkaj6dihdn2noxadfiujpx.webp)
सरकारले गलतीले मृत घोषित गरिएका एक भारतीय व्यक्तिले आफू जिउँदै छु भनेर प्रम…
![बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजाता](https://snowberry.prixacdn.net/media/gallery_folder/sujata-koirala_GDDEsNs1aQ_C7uy3CbGRa_vvcgzljlantrxpjea2062ikcs4nl6z84bipluqaakv8tlduqkrewtakwgojr_wSw5oWw7wa_t3c78vivmxiv7j5q0b9etvvhaxnbq6xtvvwahceueykysq9rfhpsikoohay0.jpg)
बीपीको सिद्धान्त शेखरले बचाएका छन्, उनलाई समर्थन गरौं : कांग्रेसकी नेतृ सुजा…
![एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/kashmirma_pher_bhidanta_0tw3fpyD2M_y8tw8evdssefcwuvc0k8lx8ycbhnhry3eqcqtsj7azbxdfpt28oervlqy3e6_sQ6tz10E7M_kgg7tcf4bh5ouwcqkgxmdr31qpcf5ed7f7dlxyfka8oxrmmhfrxh5fxvmjl6.jpg)
एलओसीमा झडप : एक पाकिस्तानी नागरिकको मृत्यु, २ भारतीय सेना घाइते
![समाज सेवामा युवाको भूमिका महत्वपूर्ण](https://snowberry.prixacdn.net/media/gallery_folder/main-qimg-81d3833fbad7c2810b55661abca09416-lq_wazrgVGdQD_qelmwxzdqgc1lhshhmorsrsew6yj5av1rcdirrxujnrsrbggiw9uttotbfv2_c6yTO7HjrS_lkuabsyt3h3tmeqy11rbnk5ocv1uthijmsvlt2tzodopop65zwvvwcja3lde.jpeg)
प्रतिक्रिया