ऋतिक रोशनको फिल्म कयौँ देशमा प्रतिबन्ध: फाइटर फिल्मका मेकरलाई ठुलो झट्का

ऋतिक रोशन र दीपिका पदुकोणको एरियल एक्शन फिल्म फाइटर यतिबेला निकै चर्चामा छ । बिहिबारदेखि फिल्म सिनेमा हलमा आउँदै छ । 

एड्भान्स बुकिङमा पनि फिल्मले शानदार कलेक्सन गरिरहेको छ । यसैबिच मेकरहरूलाई ठुलो झट्का लागेको छ । ऋतिक रोशनको फिल्मलाई मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध लगाइएको छ ।

फिल्म बिजनेस एक्सपर्ट र निर्माता गिरीश जौहरले बताएअनुसार ऋतिकको फिल्म संयुक्त अरब इमिरेट्स (यूएई)बाहेक मध्य पूर्वका सबै देशमा प्रतिबन्ध लगाइएको छ । 

सामाजिक सञ्जाल मञ्च एक्समा पोस्ट शेयर गर्दै जौहरले यो जानकारी दिएका हुन् । ‘फाइटरलाई आधिकारिक रूपमा मध्य पूर्वका कयौँ देशमा प्रतिबन्ध गरिएको छ । यो फिल्म यूएईको सिनेमा हलमा पीजी १५ क्लासिफिकेशनको साथमा रिलिज हुनेछ ।’ पोस्टमा भनिएको छ ।

हिन्दुस्तान टाइम्समा छापिएको एउटा समाचारका अनुसार फिल्मको टिमसँग जोडिएको एउटा स्रोतले यो खबरलाई पुष्टि गरेको हो । 

तर मेकरहरूले यस मामिलामा आफ्नो आधिकारिक विज्ञप्ति जारी गरेको छैन । फिल्म जनवरी २५ मा रिलिज हुँदैछ। 

फिल्म भारतीय हवाई सैन्य बलमाथि बनेको हो । फिल्ममा ऋतिक र दीपिका बाहेक अनिल कपूर, किरण सिंह ग्रोवर र संजीदा शेख जस्ता कलाकार छन् । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरेका हुन् ।