मधेस सरकारबाट बाहिरिएको जनमत केन्द्रमा के गर्छ ?
एक वर्षे टसलपछि जनमत पार्टी मधेस सरकारबाट बाहिरिएको छ । जनता समाजवादी पार्टीको नेतृत्वमा रहेको गठबन्धन आवद्ध दलको मधेस सरकारबाट जनमतका दुबै मन्त्रीले मंगलबार राजीनामा दिएका हुन् ।
मधेसमा दोस्रो शक्ति रहेको जनमत साढे दुई वर्ष मुख्यमन्त्री लिने सहमतिमा सरकारमा गएको थियो । त्यतिखेर एमाले, माओवादीसहितको गठबन्धनमा जसपा र जनमतले नेतृत्व बाँड्ने सहमति भएको थियो । तर, यो सहकार्य एक वर्ष पनि टिकेन ।
शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव घाइतेसमेत भए । यही घटनाका कारण जनमत सरकारबाट बाहिरिएको हो ।
जनमतका प्रवक्ता शरदसिंह यादवले सत्तागठबन्धनमा भएको सहमतिको उल्लंघन र मधेशका मुख्यमन्त्रीले शासकीय दम्भका कारण सरकारबाट बाहिरिनु परेको बताए ।
केन्द्र सरकारमा जनमतकी अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री छिन् । राष्ट्रियसभा सदस्यको निर्वाचनमा सत्ता गठबन्धनले जनमत पार्टीलाई भाग नदिएपछि अध्यक्ष राउत असन्तुष्ट छन् । सत्ता गठबन्धनमा रहेका मुख्य चार दलले मात्रै राष्ट्रियसभा सदस्यको निर्वाचनमा सिट बाँडफाँट गरेपछि जनमत पार्टीले मधेश प्रदेशमा उम्मेदवार उठाएको छ ।
प्रतिक्रिया