प्रदेश सरकार अस्तित्वमा आएका ६ वर्षपछि प्रहरी पाउँदै, ७२ हजार प्रहरी समायोज गरिँदै
प्रदेश संरचना अस्तित्वमा आएको ६ वर्षपछि प्रहरी समायोजन हुँदै
प्रदेश संरचना अस्तित्वमा आएको ६ वर्षपछि प्रहरी समायोजन हुँदैछ । संविधानमा प्रदेश प्रहरीको व्यवस्था रहे पनि प्रदेश सरकारले अहिलेसम्म प्रहरी पाएका थिएनन् । ०७५ मा कर्मचारी समायोजन भए पनि ‘शक्ति घट्ने’भयले केन्द्र सरकारले प्रदेशलाई प्रहरी हस्तान्तरण गरेको थिएन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि बुधबार मात्र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, संघीय मन्त्रीहरु, मुख्य सचिव बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, प्रहरी प्रमुख बसन्तबहादुर कुँवरसहितलाई बोलाएर १५ दिनभित्र प्रहरी समायोजन अगाडि बढाउन भनेका छन् ।
प्रहरी समायोजनका लागि ०७६ मा नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) ऐन जारी भएको थियो । अहिले फेरि सरकारले प्रहरी ऐन संशोधन र प्रहरी समायोजनलाई सँगसँगै लैजाने तयारी गरेको छ । प्रहरी समायोजन अध्यादेशमार्फत हाल केन्द्रमा रहेका करिब ७२ हजार प्रहरीलाई संघ र प्रदेशमा समायोज गर्न लागिएको छ।
प्रतिक्रिया