नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु,के के हुँदैछ?

नेपाली कांग्रेसको बागमती प्रदेश सम्मेलन आजबाट सुरु हुने भएको छ ।

कांग्रेस बागमती प्रदेश कार्यसमितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी प्रदेश सम्मेलनको तयारी पूरा भएको जनाएको छ । सम्मेलनको पार्टी केन्द्रिय सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नेछन।

बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले काठमाडौँमा हुने प्रदेश सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका पार्टीका पदाधिकारी एवं सदस्य सहभागी हुने जानकारी दिए । 

सम्मेलनमा प्रदेश र स्थानीय तहलाई अधिकारसम्पन्न र थप जवाफदेही बनाउने विषयमा छलफल हुने प्रवक्ता रुवालीले जानकारी दिए । साथै, कांगे्रसको आन्तरिक निर्वाचन प्रणाली र राज्यको निर्वाचन प्रणालीलाई चुस्त र थप समावेशी बनाउने विषय सम्मेलनको एजेन्डा रहेको उनले जानकारी दिए । 

त्यसैगरी नगरपालिका/गाउँपालिकामा निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष तथा बागमती प्रदेशका एक सय १९ पालिकाका सभापति सहभागी हुने सभापति बानियाले बताए । 

कांग्रेसले यसअघि लुम्बिनी, गण्डकी र मधेस प्रदेशको प्रदेश अधिवेशन गरिसकेको छ ।