रवि लामिछानेले लगाए दिदीहरूको हातबाट भाइटीका

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले दिदीहरू लक्ष्मी र दुर्गाको हातबाट भाइटीका लगाएका छन् ।

बुधबार बिहान शुभसाइतमा उनले दाइ हरिशरण लामिछानेसँगै दिदीहरूबाट भाइटीका लगाएका हुन् । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

भाइटीकाको उत्तम साइत बिहान १०ः ५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।