हाम्रो सामाजिक एकतालाई बलियो बनाउनुपर्छ: उपाध्यक्ष शाक्य

नेकपा ९एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी छन् । आईतवार नेकपा९एमाले० काठमाडौं महानगर समितिले आयोजना गरेको महानगरस्तरिय चङ्गा प्रतियोगिता कार्यक्रमलाई सम्बोधन गर्दै उनले सामाजिक एकतालाई बलियो बनाउनुपर्ने बताएकी हुन् ।
नले देशमा जात–जातका विचमा विभिन्न अन्तरबिरोध र द्वन्द्वहरु सिर्जना भइरहेको भन्दै त्यो गलत काम भएको बताइन् । उनले आजसम्म विभिन्न जातजातिहरु मिलेर बसी राष्ट्रियता बलियो हुन सकेको भन्दै अझै सामाजिक एकतालाई बलियो बनाउँदै जानुपर्ने बताइन् । उनले समाजिक एकतालाई मजबुत बनाउन सके नेपाल र नेपालीको पहिचान बलियो हुने बताइन् ।

उनले भनिन् – ‘यतिबेला विभिन्न हिसाबले, विभिन्न कोणले सामाजिक अप्ठ्याराहरु सिर्जना भइराखेको छ । विभिन्न जातिको हिसाबले मेलमिलाप भएर बसेको हाम्रो देशमा कताकता विभिन्न खालको अन्तरबिरोधहरु सिर्जना गर्ने, द्वन्द्वहरु सिर्जना गर्ने, त्यस्तो खालको बेमेलहरु सिर्जना गर्ने काम भएको छ । यो बिल्कुल गलत काम हो भन्ने मलाई लाग्दछ । अहिलेसम्म हामी जुन ढंगले मिलेर बसेका छौँ, हाम्रो राष्ट्रियतालाई बलियो बनाएर विश्वमै एउटा परिचय र पहिचान दिइराखेका छौँ । त्यो कुरालाई हामीले जिवित बनाउन सक्यौँ भने मात्रै अझै नेपाल र नेपालीको इज्जत रहन्छ । अझै नेपाल र नेपालीको परिचय फराकिलो हुन्छ । र विश्वसामु हामीले आफ्नो एकतालाई अझै बलियो बनाएर स्थापित गर्नसक्छौँ भन्ने लाग्दछ । संस्कृति हामीले गर्दै आएको पुजाआजा र सद्भाव मात्रै होइन, यसरी पनि हामीले जोडेर जानुपर्छ । र विविधता भएको देशमा एकतालाई मजबुत बनाउन सक्यौँ भने नेपाल र नेपालीको पहिचान बलियो हुन्छ । संस्कृतिबाट नै यो पहिचानलाई, एकतालाई बलियो बनाउन सक्छौँ । संस्कृति परम्परा र संस्कार मनाउँदा र जोगाउँदा त्यहाँ भित्रको विभेदलाई हटाउनुपर्छ । संस्कृतिभित्रका विभेद परम्परा भित्र भएका असमानताहरुलाई सच्याउँदै सुधार गर्दै लानुपर्छ ।’

उनले नेपालका संस्कृति र परम्पराभित्र रहेका विभेद र असमानताहरुलाई सच्याउँदै र सुधार गर्दै लानुपर्ने बताइन् ।