सन्दीपविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

काठमाडौ- क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आज पनि स्थगित भएको छ। जिल्ला अदालत काठमाडौंले गोला प्रक्रियाका क्रममा मुद्दा स्थगित भएको जनाएको छ।

लामिछानेविरुद्धको मुद्दा रहेको फाँटका सबै मुद्दा स्थगित भएका छन्। सरुवा भएर आउनुपर्ने सबै न्यायाधीश नआइपुगेका कारण मुद्दा स्थगित भएको हो।

नाबालिग बलात्कारको आरोप लागेका लामिछानेविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। सर्वोच्चले गत फागुनमै फास्ट ट्रयाकमा मुद्दा टुंग्याउन आदेश दिए पनि अहिलेसम्म फैसला हुन सकेको छैन।