अन्योलमा कांग्रेस महाधिवेशन : नेताका आफ्ना आफ्नै डम्फु, क्रियाशिलतानै टुंगो नलागेपछि नयाँ नयाँ प्रस्ताव !

नेपाली कांग्रेसले तोकेको समयमा वडा अधिवेशन हुन सकेको भए देशैभरमा स्थानीय तहमा नेतृत्व छनोट गत १२ गते साउनमै भइसक्ने थियो । तर विडम्बना अनिश्चत समयसम्मका लागि वडा अधिवेशन स्थागित गरिएको छ ।

अव कहिले हुने भने टुंगो त परै जाओस क्रियाशिल सदस्यताको विवाद समेत टुंगो लाग्न सकेको छैन । यता बिहिबार साँझसम्म विवाद रहेको स्थानको क्रियाशिल सदस्यता टुंगो लगाउन सभापति शेर बहादुर देउवाले निर्देशन दिएका छन् । अव कांग्रेस महाधिबेशन तोकिएको मिति आउँन अब मात्र ३४ दिन बाँकी छ । तर अझै पनि क्रियाशील सदस्यता बिबादको विषयको टुङ्गो लाग्न सकेको छैन् । यसले पनि कांग्रेस भित्रका नेताहरुमा फरक फरक मत आउँन थालेको छ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति कुनै पनि अवस्थामा नसर्ने बताएका छन् । सभापति देउवालाई उदृत गदै एक केन्द्रीय सदस्यले भने, –भदौ १६ को मिति सदै सदैन । महाधिवेशनको मिति प्रभावित नहुने गरी कार्यतालिका भने सामान्य हेरफेर हुन्छ ।वुधबार देउवाको नीजि निवास वुढानिलकन्ठमा काग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक बसेको थियो ।

मंगलवार क्रियाशील सदस्यता छानविन समितिले सभापति देउवालाई वुझाएको प्रतिवेदनमा केन्द्रीत रहेर छलफल गर्न बोलाईएको बैठकमा देउवाको भनाई थियो त्यो । उनले भने,–‘महाधिवेशन अव सदैन, ढुक्क भए हुन्छ, १६ भदौंमा नै हुनेछ ।’

कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै हुने दाबी गरे । उनले भने, –कांग्रेसको बैधानिकता जोगाउँन पनि केन्द्रिय महाधिवेन तोकिएको मितिमा हुनैपर्छ ।” बुधबारको बैठकले कांग्रेस पदाधिकारी बैठकले नेपाली कांग्रेसले कोरोनाको अवस्थाको हेरेर महाधिवेशनको कार्यतालिका संशोधन गर्ने सम्बन्धमा छलफल भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।


उनले कोरोनाको अवस्थाका बारेमा जिल्लाका नेताहरुसँग पनि छलफल गरिने जानकारी दिए । उनले भने, –‘देशव्यापीरुपमा कोरोनाको अवस्था के छ भनेर देशैभरका साथीहरुसँग पनि सुझाव लिने काम भइरहेको छ ।”
कांग्रेसको पछिल्लो निर्धारित कार्यतालिका फलो गरेको भए साउन १२ गते वडा तहको अधिवेशन हुनुपर्ने थियो । उक्त मितिमा हुन सकेन् । आगामी साउन १६ गते पालिका तहको अधिवेशन हुनुपर्ने हुन्छ तर वडा तहकै अधिवेशन नहुदाँ पालिका तहको अधिवेशन पनि प्रभावित हुने निश्चित छ । जसले गर्दा केन्द्रीय महाधिवेशन भदौ १६ को कार्यतालिका प्रभावित हुने जस्तै देखिएको छ ।

तर कांग्रेस नेताहरु भने भदौ १६ बाट हुने भनिएको महाधिवेशन भएरै छाड्ने दाबी भने गर्न छोडेका छैनन् । कांग्रेसमा नयाँ क्रियाशील सदस्यता वितरणमा चार जिल्लामा विवाद छ । मंगलबार बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकमा सभापतिलाई क्रियाशील छानबिन समितिले नयाँ पुराना गरी ८ लाख बढी क्रियाशील सदस्यता लिएको प्रतिवेदन सभापति देउवालाई बुझाएको छ ।

तर प्रतिवेदनमै भनिएको छ, “प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर–४ र सर्लाही क्षेत्र नम्बर–२ को नयाँ क्रियाशील टुंग्याउन नसक्दा पुराना मात्रको सिफारिस गरेका छौँ । सप्तरी र बारा जिल्लाको नयाँ सदस्यबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि अनुरोध गरेका छौँ ।”

क्रियाशील सदस्यता विवादबारे कांग्रेस पदाधिकारी बैठकमा क्रियाशील सदस्यता छानबिन समितिले बुझाएको प्रतिवेदनबारे छलफल भए पनि विवाद भएको विषय मिलाउन पदाधिकारी बैठकले पुन छानबिन समितिलाई नै २४ घण्टे म्याद दिएर मिलाउन भनेको छ ।

संस्थापन इतर पक्ष भन्छ– विशेष महाधिवेशन गरौं
कांग्रेस संस्थापन इतर पक्षका नेताहरुले तोकिएकै मितिमा बिशेष महाधिबेन गर्न सकिने पनि बताएका थिए । पार्टी सहमहामन्त्री डा.प्रकाशशरण महतले बुधबारको छलफलमा विशेष महाधिवेशन गर्ने कुरा उठेको जानकारी दिए ।
उनले भने, –कतिपयलाई महाधिवेशन नहोस् भन्ने पनि हुनसक्छ तर यति धेरै छलफल भएपछि विशेष महाधिवेशन भन्ने हुँदैन। उनले महाधिवेशन सार्ने विषयमा अहिलेसम्म कुनै निर्णय नभएको बताए ।