यस कारण बैंकका लगानीकर्ताहरुको शेयरमा आकर्षण बढ्ने संम्भवना बलियो

यस कारण बैंकका लगानीकर्ताहरुको शेयरमा आकर्षण बढ्ने संम्भवना बलियो बनेको छ ।

अन्य कम्पनीको सेयर मूूल्य उच्चदरमा बढे्को भए पनि बैंक क्षेत्रका शेयर बजार उच्चदरले बढेको हो।अरुको जस्तो बैंकको सेयर मूल्य बढ्ने गर्दैन बैंकमा लगानीकर्ताहरुको र स्वयम् बैंकै पनिपुुँजी बजार उच्च हुने भएकाले हतारमा बढ्न सक्दैन ।

सेयर बजारमा समूहगत सूचकको आधारमा फाइनान्स कम्पनीले समेत वाणिज्य बैंकलाई जितेको छ । फाइनान्स कम्पनीको समूहगत सूचक अहिले १९४२.५१ रहेको छ भने वाणिज्य बैंकको सूचक १९०७ रहेको छ ।

२८५६ बिन्दुमा नेप्से परिसूचक आएपनि केही वाणिज्य बैंकका लगानीकर्ता अझै घाटामा छन् । अघिल्लो पटकको नेप्से बुल हुँदा १८ सय बिन्दुमा त्यो बेला वाणिज्य बैंकको सेयर किन्ने लगानीकर्ता अझै घाटामा रहेको छन् ।

यो पटक सेयर बजार बुलिस ट्रेण्डमा भएपनि वाणिज्य बैंकमा भने त्यस्तो अहिलेसम्म देखिएको छैन । यद्यपी एकवर्षको तुलनामा वाणिज्य बैंकको सेयर मूल्य कम्तीमा पनि १०० रुपैयाँ भने बढेको छ । तर,एकवर्ष अगाडि ५० रुपैयाँमा पनि नपरेका हाइड्रोपावरको कम्पनीको जस्तो भने वाणिज्य बैंकको सेयर मूल्य बढेको भने छैन त्यस कारण अब लगानीकर्ताहरुको ध्यान नै बाणिज्य बैंकहरुको सेयर मूल्यमा बुुलिस ल्याउनु हो ।

फाइनान्स, विकास बैंक जस्ता लगानीकर्ताले भने छोटो समयमा राम्रो नाफा आर्जन गर्न खोजेको जस्तो देखिन्छ, भने विकास बैंकले त्यसलाई केन्द्रित गर्न चाहादैन कारण बैंकमा विभिन्न निती र राष्ट्रबैंकको गरिमा भित्र बाँधिर बसेका हुन्छन् ।

अहिले २६ वटा वाणिज्य बैंक सेयर बजारमा सूचिकृत छन् । सेयर बजारमा साना आकारको संस्थाजस्तो वाणिज्य बैंकको सेयर मूल्यलाई कर्नरिङ गर्न सकिदैन । वाणिज्य बैंकको चुक्ता पूँजी नै ८ अर्ब छ । जसको कारण सेयर बजारमा समूहको भन्दा वाणिज्य बैंकको आपूर्ति बढी हुन्छ ।