ओलीकै कारण जुटेको जसपा, ओलीकै कारण फुट्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष वैशाखमा जसपालाई नेतालाई अपहरण गरी अध्यादेशमार्फत पार्टी फूटाउने रणनीतिका साथ आउँदा दुुई अलग पार्टी महन्थ उपेन्द्र एक पार्टी बनेका थिए । ठिक विपरीत ओलीकै कारण जसपालाई फूट्ने निश्चित भएको हो ।

जनता समाजवादी पार्टी नेपाल जसपा मा दुबै समूहबाट फुटको अन्तिम अस्त्र प्रयोग भएको छ । पार्टीका अध्यक्षद्वयले एक–अर्कालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् । स्पष्टीकरणको सकिएपछि पार्टी अलग नै बस्ने भएको हो ।

यादवका तर्फबाट पनि ठाकुर लगायतका नेतालाई सोही व्यहोराको पत्र पठाइएको थियो । अध्यक्ष ठाकुरलगायत वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्यद्वय लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण पठाइएको अधिकारीले बताए ।

सत्ता राजनीतिले संघीय संसदको चौथो ठूलो शक्ति प्रधानमन्त्री केपी शर्मा ओलीको सती गएको महन्त ठाकुर समहू र उपेन्द्र यादव समूहबीच सत्तागठबन्धनको चलखेलले गर्दा जसपा फुटको संघारमा जसपा नेता प्रेम राय यादब बताउँछन् ।

स्पष्ट दुई धारमा विभाजित भएपछि निर्णायक क्षणमा सत्ता उलटपुलट हुने धेरैको आकलन असफल भएसंगै पार्टी पनि विभाजनको संघारमा पुगेको छ ।
उसकै कारण नयाँ गठबन्धन सरकार बन्ने सम्भावना समाप्त भएको छ भने प्रधानमन्त्री ओलीले फेरि निरन्तरता पाएपछि जसपालाई भने गम्भीर संकटमा धकेल्ने आकलन हुन थालेको छ। महन्त ठाकुरले भक्तपुर रिसोर्टमा लगेर १५ जना सांसद थुनेर ओलीलाई सहयोग गरेको थियो ।

सत्ताको चाबी लिएर बसेको जसपा यसबीचमा विभाजनको डिलसम्म पुग्ने र फर्कने भइरहेको थियो । फेरि अब यो पार्टी बिभाजनको डिलमा पुगेको छ। एउटै पार्टी भित्र बाबुराम भट्टराई–उपेन्द्र यादव र महन्थ ठाकुर–राजेन्द्र महतो पक्षले दुई भिन्न पार्टीको जस्तो अभ्यास अघि बढाएपछि अब चाहिँ जसपा साँच्चिकै फुट्ने अड्कलबाजी हुन थालेका छन् ।

विषय सिधै सरकारसँग जोडिएको छ। महन्थ–राजेन्द्रपक्ष प्रधानमन्त्री ओलीको पक्षमा निरन्तर लागिपरेका छन् । उनकाविरुद्ध बाबुराम–उपेन्द्रपक्ष पनि उसैगरी सक्रिय छन् । नयाँ गठबन्धन सरकार बनाउने जोडबल सफल नभएपछि बाबुराम–उपेन्द्रपक्ष अहिले केही मौन देखिए पनि चुपचाप छैनन् ।
गत पुस ५ गते ओलीले प्रतिनिधि सभा विघटन गरेदेखि उनकाविरुद्ध उभिएका थिए, बाबुराम–उपेन्द्रपक्ष । त्यहीँबाटै महन्थ–राजेन्द्रपक्ष भने प्रधानमन्त्री ओलीका निरन्तर सहयोगी बनेका छन् ।

राजनीतिमा केही कुरा असम्भव छैन । कुनै बेला ओलीसँग सबभन्दा कटुतापूर्ण सम्बन्ध कसैको थियो भने त्यो महन्थ ठाकुर र राजेन्द्र महतोकै थियो ।

ओलीको पहिलो प्रधानमन्त्रीत्वकालमा उनीहरुले एक अर्कालाई विषवमन गर्न कुनै उपाय बाँकी राखेनन् । समयक्रममा महन्थ र राजेन्द्र नै अहिले ओलीलाई छाड्न नसक्ने अवस्थामा देखिएका छन् ।
वैशाख २७ गते बिहान नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले ओलीविरुद्ध बन्ने संयुक्त सरकारको नेतृत्व लिनसमेत महन्थलाई औपचारिक प्रस्ताव गरेका थिए। तर, ओलीलाई नै सघाउने रणनीतिअनुरुप उनले यो प्रस्ताव पनि स्वीकार गरेनन् ।
आफ्नो भागमा आएको प्रधानमन्त्रीको पदसमेत स्वीकार नगरेर ओलीलाई नै सघाउने उनीहरुको भूमिकालाई धेरैले आश्चर्यपूर्ण मानेका छन । कतिपयले त महन्थ–राजेन्द्रपक्षको यस्तो निर्णयले उनीहरुमा बाह्यशक्तिको प्रभाव हदैसम्म देखिएको टिप्पणी पनि गरिरहेका छन् ।
पछिल्लो समय महन्थ–राजेन्द्रपक्षले आफ्नो सरोकार सरकार नभएर मुद्दा भएको र प्रधानमन्त्री ओलीबाटै मधेशका माग र मुद्दा सम्बोधन हुनसक्ने बताइरहेका छन् । जबकि, जसपाको दुबैपक्ष अब अलग भएरै जान पर्ने निर्णयमा पुुगिसकेको छन् ।
ओलीसँग सबभन्दा पहिले मिलाप गर्ने उपेन्द्र नै थिए। उनी मधेशका मुद्दा ओलीबाटै सम्बोधन हुने निक्र्योल गरेर तत्कालीन समाजवादी पार्टीबाट ओली सरकारमै सहभागी भएका थिए। पछि आफूलाई अपमानपूर्ण व्यवहार गरिएको भन्दै उनले सरकार छाडेका थिए।