कांग्रेसले संसद विघटनको कदमविरुद्ध राजनीतिक र कानूनी लडाइँ लड्ने

काठमाडाैं । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको निष्कर्ष निकाल्दै राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेको छ । 

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले  लोकतन्त्र मास्न खाेज्न राष्ट्रपति र प्रधानमन्त्री ओलीको षडयन्त्रविरूद्ध लड्ने निर्णय गरेेकाे हाे । त्यसका लागि कांग्रेसले अन्य राजनीतिक दलहरूसँग पनि सहकार्य गर्ने र विरोध गर्नका लागि नागरिक समाजलाई पनि आह्वान गर्ने निर्णय गरेकाे छ ।

विपक्षी दलको नेताले संविधानको धारा ७६ को उपधारा ५ अनुसार दाबी गरेको कुरालाई राष्ट्रपतिबाट लत्याउने काम भएकाे कांग्रेसकाे ठहर  छ ।