संसद विघटनपछि सेयर बजार के होला ? हाइड्रो पावर र फाइनान्सका पुनः बढ्न सक्ने

संसद विघटनपछि सेयर बजारमा कस्तो प्रभाव आउँला लगानीकर्ताहरुमा उत्साह जागेको छ। आइतबारबाट कारोबार हुने सेयर बजारमा यसको प्रभाव कस्तो पर्छ अहिले नै भन्न नसकिने लागानीकर्ताहरु बताउँछन् ।

अघिल्ला संसद विघटको समयमा बढीरहेको नेप्सेमा संसद विघटन लगतै घट्न पुुगेको थियो ।तर, अहिले संधै संवैधानिक प्रावधानबाटै चुनाबमा गएकाले पनि संसद विघटन हुनुुलाई सामान्य मानेर जान सकिने पनि बताएका छन् । जसको प्रभाव सेयर बजारमा पर्ने सक्ने संम्भवना कम भएको लगानीकर्ताहरुको दाबी छ । उच्च विन्दुमा पुुगेको नेप्से सूचकमा आइतबार राजनीतिक घटनाक्रम र बजार करेक्सनले यस हप्ता कस्तो शृंखला पार गर्छ भन्ने धारणा प्रष्ट हुने छ ।

साताको पहिलो दिनबाट बढेको बजार करेक्सन हुदै विहिबार अन्तिम कारोबार बढेर भएको थियो । बजार सुुरुवाति देखि नै टेक एण्ड ब्रेकमा रहेको थियो जसको कारण लागानीकर्ताहरु पर्ख र हेरेको अवस्था बसेका थिए। जसको कारण अन्य दिनको तुलनामा कारोबार रकम भने केही घट्न थियो । विहिबार नेप्से परिसूचक ६ दशमलव ३७ अंकले बढेर २ हजार ७ सय ८३ विन्दुमा पुुगेको छ। त्यस्तै ’क’ वर्गको सेन्सेटिभ इन्डेक्स २ दशमलव ८३ अंकले घटेर ४ सय ९८ पुुगेर बन्द भएको थियो । र कारोबारमा आएका १३ समूहको सूचक मध्ये ५ समूहको सूचक सकारात्मक रहेका छ भने बाँकि समूहको सूचक नकारात्मक रहेका छन्। सो दिन धेरै फाइनान्स समूहमा लगानीकर्ताको आषर्कण बढाएका छन्। फाइनान्स समूहको सूचक यस दिन ६दशमलव १२ प्रतिशतले बढेको छ। त्यस्तै डेभलपमेन्ट बैंक, वाणिज्य बैंकिङका लगानीकर्ताहरुको पनि बढेको थियो ।

्गुुडवेल फाइनान्स, मन्जुुश्री फाइनान्सको १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ। त्यस्तै गुुँरास फाइनान्स, जानकी फाइनान्स, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, आइसीएफसी फाइन्सको करिब १० प्रतिशतले सर्किट मूल्यमा कारोबार भएको छ। त्यस्तै समता घरेलु लघुुवित्त, युुनाइटेड आइडी, मार्दी हाइड्रो पावर कम्पनीको पनि १० प्रतिशतले बढेको छ । घट्ने कम्पनीमा पाँचथर पावर कम्पनी, खानीखोला हाइड्रो पावर, जोशि हाइड्रो पावर, रु रु जलविद्युत परियोजनाका कम्पनीका लगानीकर्ताहरुले सबैभन्दा धेरै थिए । रु रु परियोजनाको दोस्रो बजारमा कारोबारमा आएका दिन देखिनै सर्किट मूल्यमा कारोबार हुदै आएको थियो। यि कम्पनीहरुले करिब ६प्रतिशतले आफ्ने सेयर हिस्सा गुुमाउन थिए ।
धितोपत्र र ऋणपत्रगरी कारोबारमा आएका २ सय १४ कम्पनीको २ करोड १ लाख ३३ हजार किता– सेयर किनबेच हुँदा ९ अर्ब ३० करोड ५२ लाख रुपैंयाको भएको थियो ।।