राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटन : नयाँ चुनाव कात्तिक २६ र मंसिर ३ गते

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर निर्वाचनको मिति घोषणा गरेकी छन्।राष्ट्रपतिले विज्ञप्ति जारी गर्दै केपी शर्मा ओली र शेरवहादुर देउवा दुवैजनाको वहुमतको आधार नदेखिएको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने भएपछि यस्तो घोषणा गरेकी हुन् ।

राष्ट्रपति कार्यालयले आज राति जारी गरेको विज्ञप्तिमा नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सो दावी नपुगेको कुरा जनाइएको छ । मन्त्रिपरिषदको आकस्मिक बैठकले प्रतिनिधिसभा भंग गरी नयाँ निर्वाचनको मिति तोकिएको छ । निर्वाचनका लागि कात्तिक २६ र मंसिर ३ गतेको मिति तोकिएको छ ।