संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडाैं । मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । आजै दिउँसो १ बजेबाट अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको हो। माओवादीले समर्थन फिर्ता लिएर अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेपछि सरकारले हिउँदे अधिवेशन नै अन्त्य गरिदिएको हो ।