पुनर्स्थापितपछि प्रतिनिधि सभाको पहिलो बैठक बस्दै

काठमाडाैं ।संसदपुनस्र्थापछि प्रतिनिधि सभाको पहिलो बैठक आज बस्ने भएको छ । बैठक अपरान्ह ४ बजे बस्ने
भएको छ ।सरकारको सिफारिसमा राष्ट्रपतिले आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधि सभा बैठक आह्वान गरेकी थिइन्।

सरकारले पुस ५ मा प्रतिनिधि सभा विघटन गरे पनि सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रतिनिधि सभा पुनर्स्थापना भएको थियो।सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापनासँगै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन भनेको थियो।

आजको बैठकमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।