सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाबीच दाेस्राे चरणकाे वार्ता सकियाे

काठमाडौं, सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेकपाबीच दाेस्राे चरणकाे वार्ता पनि सकिएकाे छ ।  सरकार र विप्लव समूहबीच एकैदिन दुईपटक वार्ता भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान कडा सुरक्षाबीच वार्ता भएको थियो । त्यसपछि खाना खानका लागि केही समय रोकिएको वार्ता अहिले अपरान्ह पुनः शुरु भएको हो । सरकारले गृहमन्त्री रामबहादुर थापा 'बादल'काे संयाेजकत्वमा हिजाे बुधबार वार्ता टाेली बनाएकाे थियाे । विप्लव समूहले पनि खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेलाई वार्तामा पठाएकाे छ ।

दुबै पक्ष समान धारणा नजीक पुगेको र छिट्टै सकारात्मक निष्कर्षमा पुग्ने अपेक्षा गरिएको सरकारी वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिएका छन्।