१ सय ४४ स्थानको मतगणना जारी : कांग्रेस ४३, एमाले ४२ र माओवादी १३ स्थानमा अगाडि

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मतगणना आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार आज मध्याह्न १२ः४२ बजेसम्म कूल एक सय ६५ निर्वाचन क्षेत्रमध्ये १ सय ३५ स्थानको मतगणना जारी छ ।

अहिलेसम्म नेपाली कांग्रेसका ४ उम्मेदवार विजयी भइसकेका छन्। काठमाडौँ निर्वाचन क्षेत्र नं १ मा कांग्रेसका प्रकाशमान सिंह, ४ मा कांग्रेसका गगनकुमार थापा, मनाङ निर्वाचन क्षेत्र नं १ मा टेकबहादुर गुरुङ र मुस्ताङ निर्वाचन क्षेत्र नं १ मा योगेश गौचन थकाली विजयी भइसकेका छन् ।

जारी मतगणनामा नेपाली कांग्रेस ४३ स्थानमा अगाडि छ । नेकपा (एमाले) ४२, नेकपा (माओवादी केन्द्र) १३, राष्ट्रिय स्वतन्त्र पार्टी १२, राष्ट्रिय प्रजातन्त्र पार्टी ७,एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति पार्टी ४ र अन्य दल तथा उम्मेदवार १६ स्थानमा अग्रस्थानमा छन् । समानुपातिकतर्फकाे मतगणनामा भने एमाले अगाडि छ ।