महानगरको घोषणा :घर बहाल छुट गर्ने घरधनीलाई वार्षिक दश प्रतिशत छुट
काठमाडौं – काठमाडौं महानगरपालिकाले एक महिनाको घर बहाल छुट दिने घरधनीलाई वार्षिक बहाल करमा छुट दिने घोषणा गरेको छ ।
महानगरपालिकाले घरभाडा छुट दिएको स्वघोषणा गरी आर्थिक वर्ष २०७६र७७ मा बुझाउनुपर्ने घर बहाल कर चुक्ता गर्न आएमा वार्षिक बहाल करमा दश प्रतिशत छुट दिने बताएको हो ।
यसका अलवा २०७६र७७ को कर चुक्ता भइसकेमा आर्थिक वर्ष २०७७र७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान गरिने महानगरपालिकाको आर्थिक विधेयकमा उल्लेख छ ।
महानगरपालिकाले आर्थिक वर्ष २०७६र७७ मा घर, जग्गा तथा सम्पत्ति भाडामा लगाएबापतको बहालकर छुट नलिई चुक्ता गरिसकेका करदाताको हकमासमेत कोभिड–१९ का कारण कम्तीमा
एक महिनाको घर बहाल छुट दिने घरधनीले छुट दिएको स्वघोषणा गरेमा आर्थिक वर्ष २०७७र७८ मा बुझाउनुपर्ने वार्षिक बहाल करमा दश प्रतिशत छुट दिई बहाल कर मिलान
गरिने गरी विधेयकमा समेटिएको छ ।
यस बाहेक महानगरपालिकाले कोभिड–१९ को प्रभावका कारण व्यवसायमा परेको प्रभाव न्यूनीकरणका लागि विशेष घोषणा गरेको छ ।
प्रतिक्रिया