नेपाली भूभाग चीनले मिचेको सम्वन्धमा सरकारसंग विमलेन्द्र निधिले मागे स्पष्ट जवाफ
काठमाडौं– प्रमुख प्रतिपक्ष पार्टी नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले छिमेकी राष्ट्र चीनले मुलुकको उत्तरी सीमाक्षेत्र विभिन्न ठाँउमा नेपाली भूभाग मिचेको बारे सरकारलाई स्पष्ट जवाफ दिन जोडदार माग गरेका छन्। मंगलबार आफनो सामाजिक सञ्जाल फेसबुकमार्फत उपसभापति निधिले हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक लगायतमा गरि झण्डै ३३ हेक्टर देशको भूमि जग्गा चीनद्वारा कब्जा गरिएको बताएका हुन् ।
हिमालय र सगरमाथाबारे आपत्तिजनक चिनियाँ गतिविधि हुम्ला, रसुवा, संखुवासभा, सिन्धुपाल्चोक गरि ३३ हेक्टर जग्गा चीनद्वारा कब्जा, गोरखाको रुई गाउँ कब्जा, कोरोनाबारे सहयोग र चिनियाभाषा पढाउने नाउमा चिनियाँ सेना आउने र सरकारलाई चिनिया पार्टीले तालिम दिएको समाचार आयो। सरकारको जवाफ चाहियो,’ उनले भनेका छन्।
यसैगरी प्रतिनिधिसभाको मंगलबारको बैठकमा काँग्रेस सांसद मिनेन्द्र रिजालले चिनियाँ कम्युनिस्ट पार्टीका नेताले सत्तारुढ नेकपाका नेर्तालाई अनलाईन मार्फत प्रशिक्षण दिएकोमा समेत तिखो आपत्ति प्रकट गरेका थिए ।
पछिल्लो समय चीनियाँ कम्युनिस्ट नेताहरू नेपालको सत्तारुढ दललाई प्रशिक्षण दिने र आन्तरिक झगडा मिलाउने काममा संलग्न हुनु अपाच्य रहेको भन्दै त्यसतर्फ गम्भीर बन्न नेकपाको ध्यानाकर्षण गराएका थिए ।
प्रतिक्रिया