जोशिपुर गाउँँपालिकाको पाँचौं गाउँ अधिबेशन शुरु

जोशिपुर गाउँपालिकाको पाँचौं गाउँ अधिबेशन शुरु आज देखि शुरु भएको छ । गाउँसभा मार्फत पालिका अध्यक्ष रामकृण चौधरीले अब २०७७ र ०७८ को लागि प्रस्तुत गर्नु भएको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्ब सम्बतरुपमा पारित समेत गरीएको छ ।

गाउँपालिकाको आगामी आर्थिक वर्ष २०७७ र ०७८ का लागि ल्याएको नीति तथा कार्यक्रम गाउँसभाबाट सर्ब सम्बतरुपमा पारित भएको पालिका अध्यक्ष रामकृष्ण चौधरीले जानकारी दिनु भएको छ । गाउँसभाका अध्यक्ष रामकृष्ण चौधरीले मंगलबारको पाँचौं गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रममा गाउँसभा सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गरिएको थियो ।

मंगलबारको गाउँसभाको कार्यसूचिमा आर्थिक वर्ष २०७७ र ०७८ को नीति तथा कार्यक्रम प्रस्तुत तथा छलफल रहेको थियो । कार्यसूचि अनुसार गाउँपालिका अध्यक्ष रामकृष्ण चौधरीले आर्थिक वर्ष २०७७ र ०७८ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

यस बर्षको निति तथा कार्यक्रममा विश्व महामारीको रुपमा फैलिरहेको कोरानाभाईरस रोकथाम तथा नियन्त्रणका साथै स्वास्थ्य, शिक्षा, कृर्षि, खानेपानी, पुलपुलेसा लगायत योजनाहरुलाई नै प्राथमिकता दिइएको छ ।

निति तथा कार्यक्रम गाउँसभाबाट सर्ब सम्बतरुपमा पारित भए पश्यात सामुदायिक रेडियो पश्चिम आवाज संग संक्षिप्त प्रतिक्रिया दिदै गाउँबासिको प्रत्यक्ष जिवनयापन संग सरोकार राख्ने खालको निति तथा कार्यक्रम ल्याइएको र त्यस अनुरुपनै भोली असार १० बजे बजेट ल्याईने बताउनु भयो ।

गत आर्थिक बर्षका अधुरा योजनालाई निरन्तरता दिदै केहि नयाँ योजनाका साथै स्वास्थ्य, शिक्षा, कृर्षि, स्वरोजगार, लघुउद्म लगायतका योजनालाई यो आगामि आर्थिक बर्षमा प्राथमिकता दिईने र सोहि अनुरुप बजेट बनाइएको बताउनु भयो ।