कुर्सी समेत भाँचिने गरी मेयर र वडाध्यक्षबीच हात हालाहाल
धनुषा- धनुषा जिल्लामा पर्ने जनकपुरधामका मेयर र वडाध्यक्षबीच भनाभन हुँदा हुँदै हात हालाहाल भएको छ ।
जनकपुरधाम उपमहानगरपालिकाको योजना तर्जुमाको बैठकमा क्रममा मेयर लालकिशोर साह र वडा नं ३ का वडाध्यक्ष दिपेन्द्र साह बीच शुरुमा निकै भनाभन परिरहेकोमा एक्कासी आपसमा हात हालाहालको घटना भएको हो ।
दिउँसो १ बजे योजनाबारे विस्तृत छलफल गर्न भनी समय तोकिएपनि बैठकमा मेयर लालकिशोर शाह २ घण्टा ढिलो आएर कुनै छलफल नै नगरी एक्कासी माइन्यूटमा हस्ताक्षर गर्न दबाब दिएपछि दुबै पक्षबीच विवाद शुरु भएको हो ।
मेयर र वडाध्यक्षबीचको हातहालाहालले स्थिति यहाँसम्म अनियन्त्रित भइदियो कि बैठक हलमा राखिएका केही कुर्सी समेत भाँचिएका छन् ।
हात हालाहाल हुँदा त्यसलाई साम्यपार्ने क्रममा वडा नं १० का वडाध्यक्ष मिथिलेश कर्ण भूँइमा लड्न पुगेकाका थिए भने अन्य केहीलाई समान्य चोटपटक समेत लागेको थियो ।
बैठकमा मेयर लालकिशोर शाह, उपमेयर रीता झासहित २५ वटै वडाका वडाध्यक्ष सहभागी थिए ।
प्रतिक्रिया