क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि
कैलालीको लम्किचुहा नगरपालिकामा पिसिआर रिपोर्ट आउन ढिला आउन्छ भन्दै क्वारेन्टाइनबाट घर पठाइएका ५८ जनामा कोरोना पुष्टि भएको छ ।
लम्किचुहा –१ लम्की बहुमुखी क्याम्पस तथा २ को राधा स्वामी सत्सँगको क्वारेन्टाइनमा राखेर घर पठाइएका ५८ जनामा सोमबार कोरोना पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख जयन्ती बिसीले जानकारी दिए ।
संक्रमण पुष्टि भएकाहरु भारतबाट फर्किएको तीन हप्ता पुगिसकेको र कोरोनाको लक्षण पनि नदेखिएकाले तथा पिसिआर रिपोर्ट आउन ढिला भएका कारण घर पठाइएको बिसीले जानकारी दिए ।
गत जेठ २८ गते स्वाब संकलन गरिएका ९३ मध्ये ५८ जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया