मोरङ क्षेत्र-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शर्माले सुरु गरे नि:शुल्क क्याविन सेवा
मोरङ क्षेत्र नम्बर-३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डाक्टर शुनिल शर्माले आफ्नो क्षेत्रका बासिन्दाका लागि ५० वेडको नि:शुल्क क्याबिन सेवा सुरु गरेका छन् ।
शनिबार प्रतिनिधिसभा सदस्य जितेका उनले आइतबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा क्षेत्र नम्बर ३ का स्थानीयका लागि ५० बेडको नि:शुल्क क्याबिन सेवा सुरु गरेका हुन् ।
नोबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार ५० बेडको क्याविनमा क्षेत्र नम्बर ३ बाट आउने सेवाग्राहीलाई नि:शुल्क सेवा प्रदान गरिनेछ ।‘क्षेत्र नम्बर ३ का लागि खोलिएको क्याविनमा सबै सेवा नि:शुल्क हुनेछ,’ उनले भने,‘ औषधि खर्च भने विरामी आफैले व्योहोर्नुपर्छ ।’ चुनावी अभियानका क्रममा डाक्टर शर्माले आफुले चुनाव जिते ५० बेडको नि:शुल्क क्याविन सञ्चालन गर्ने घोषणा गरेका थिए ।
२०७४ सालको निर्वाचनमा एमाले उम्मेदवार भानुभक्त ढकालसँग पराजित भएका शर्माले यो पटक ढकाललाई भारी मतान्तरसहित पराजित गरेका थिए । शर्माले ४८ हजार ६३१ मत ल्याएका थिए । ढकालले २५ हजार ८९५ मत ल्याए । राप्रपा उम्मेदवार रेखा थापाले १० हजार ९८८ मत ल्याएकी थिइन् ।
क्षेत्र नम्बर ३(१) मा कांग्रेसका मानबहादुर लिम्बु र मोरङको ३(२)मा एमालेका ज्ञानेन्द्र सुवेदी निर्वाचित भएका थिए ।
प्रतिक्रिया