डेढ वर्षका बालकले जिते कोरोना

वीरगञ्जमा डेढ वर्षका बालकले कोरोनालाई जितेर घर फर्किएका छन् ।

डिस्चार्ज हुनेमा सखुवाप्रसौनीका डेढ वर्ष र ३ वर्षका दुई जना बालक र ३० वर्षीया एक जना महिला छन् ।
उनीहरु तीनै जनामा जेठ ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । सखुवाप्रसौनी–२ गुलरियास्थित क्वारेन्टिनमा बस्दा सानो बच्चालाई ज्वरो आएपछि उनीहरुलाई रिफर गरेर वीरगञ्ज पठाइएको थियो ।

वीरगञ्जमा उनीहरुको पीसीआर टेस्ट गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । गण्डक कोभिड अस्पतालका संयोजक डा उदय नारायण सिंहले भने तीनै जना सखुवा प्रसौनीस्थित क्वारेन्टिनमा ५ दिन बसेका रहेछन् । संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा ६ दिनबसेपछि उनीहरुको पीसीआर परीक्षण गरेका थियौं ।
जसको रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरेका हौं ।’