प्रदेश २ मा ७८ संक्रमित थपिए, सिरहामा ५२ जना संक्रमित
काठमाडौं -
प्रदेश २ मा पछिल्लो चौबीस घण्टामा सात महिलासहित ७८ जना नयाँ संक्रमित फेला परेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
थप देखिएका नयाँ संक्रमितमा सप्तरीमा दुई महिला, सिरहामा चार महिला र ४८ पुरुष गरी ५२ जना, धनुषामा दुई पुरुष, महोत्तरीमा एक महिलासहित आठजना, सर्लाहीमा एक महिलासमेत नौजना, रौतहटमा एक पुरुष र बारामा एक महिलासहित चारजना छन् ।
आइतबारसम्म प्रदेश २ मा जम्मा संक्रमितको संख्या दुई हजार नौ सय दुई पुगेको छ । तीमध्ये एक सय ६० महिला र दुई हजार सात सय ४२ पुरुष संक्रमित भएका छन् ।
प्रतिक्रिया