कास्की मादी गाउँपालिकामा १९ महिने शिशुमा कोरोना पुष्टी
काठमाडौँ-शनिबार कास्कीमा १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
कास्कीको मादी गाउँपालिकामा १९ महिने शिशुसहित २ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
रिपोर्टका अनुसार कोरोना संक्रमण पुष्टि हुने अर्का ४१ वर्षीय पुरुष हुन् ।
१९ महिने शिशुको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले कसरी कोरोना संक्रमित बन्न पुगे भन्नेबारे खोजी भइरहेको गाउँपालिकाले जनाएको छ ।
शिशुका बाबु केही दिनअघिमात्रै भारतमा गाउँ आएका थिए । तर, गाउँ आएर पनि सीधै क्वारेन्टिनमा बसिरहेको अधिकृत सापकोटाले बताए ।
उनले भने, ‘बा सुरुमा खाना लगेर शिशु भेट्न गएका रहेछन् । त्यही आधारमा हामीले परिवारकै स्वाब परीक्षण गर्न पठाएका थियौं । तर, शिशुको मात्रै पोजेटिभ आयो ।’
उनले परिवारका अन्य सदस्य तथा सम्पर्कमा आएका अन्य व्यक्तिको कन्ट्याक ट्रेसिङ सुरु गरिने जानकारी दिए ।
मादी गाउँपालिकाका अर्का कोरोना संक्रमित ४१ वर्षीय पुरुष २२ दिनअघि मुम्बैईबाट गाउँ फर्किएका थिए ।
१५ दिन पठाएको स्वाब परीक्षणको नतिजा शनिबार आएको हो । गाउँपालिकाको क्वारेन्टिनमा अहिले १९ जना छन् ।
प्रतिक्रिया