सदरमुकाम सिल

डडेल्धुरा -

स्थानीय प्रशासनले शुक्रवार दिउँसोबाट डडेल्धुरा सदरमुकाम सिल गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुराको सदरमुकाम सिल गरिएको छ ।

स्थानीय प्रशासनले कोरोना संक्रमितको संख्या वृद्धि हुँदै गएपछि शुक्रवार दिउँसो ३ बजेबाट सदरमुकाम सिल गरिएको जनाएको छ ।

शुक्रबारबाट अर्को सूचना नभएसम्मका लागि सदरमुकाम सिल जारी रहने बताइएको छ ।

डडेल्धुरामा शुक्रवार दिउसोसम्म संक्रमितको संख्या एक सय २८ पुगेको छ ।

स्थानीय प्रशासनले शुक्रवारबाट स्वास्थ्य संस्था र अत्यावश्यक सामग्री बिक्री गर्ने पसल बाहेक सबै बन्द रहने जनाएको छ ।

यसअघि सभापती देउवाको गाउँ गन्यापधुरा गाउँपालिका सिल गरिएको थियो ।