काठमाडाैंमा अझै संक्रमण बढ्न सक्ने आंकलन

काठमाडाैं । नेपालमा हाल सक्रिय संक्रमित मध्ये ४० प्रतिशत भन्दा बढी संक्रमित काठमाडौमै रहेका छन् ।

दैनिक थपिने कोरोना संक्रमितमध्ये आधाभन्दा बढी काठमाडौकै छन् । त्यसले पनि काठमाडौमा काेराेनाकाे जाेखिम सबै भन्दा बढी रहेकाे भन्ने स्पष्ट हुन्छ । यहाँ समुदायमा नै कोरोना संक्रमण फैलिएको स्वास्थ्यविद्हरु बताउँछन् ।

अब आर्थिक र सामाजिक आधारमा पनि बन्दाबन्दी गरेर साध्य नहुने भन्दै स्वास्थ्यका मापदण्ड अपनाएर नियमित कामलाइ निरन्तरता दिनुपर्ने उनीहरुकाे सुझाब छ ।

चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको दर अझै बढ्न सक्ने आंकलन गरिएको छ । अहिले काठमाडौभन्दा बाहिरका जिल्लामा सुरक्षित हुने भएकोले सम्भव भएसम्म काठमाडौ नबस्न उनीहरुले सुझाब दिएका छन् ।

नेपालमापनि कतिपय अवस्थामा संक्रमण नदेखिएपनि अहिलेको तथ्याङ्क भन्दा बढी नै संक्रमितहरु हुन सक्ने बताइएको छ । विश्व स्वास्थ्य संगठनले विश्वका १० प्रतिशत मानिसलाइ कोरोना संक्रमण भइसकेको हुनसक्ने आंकलन गरेको छ ।