विष्णुमती र धोबीखोला जलाधारमा भारी वर्षा मापन, भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौं । काठमाडौंको विष्णुमती र धोबीखोलामा जलस्तर बढेको छ । विष्णुमती र धोबीखोला जलाधारमा पछिल्लो दुई घण्टा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार विष्णुमती गंगबु बसपार्क बाढी मापन केन्द्रमा जलसतह दुई मिटरले बढेको छ ।

विष्णुमती र धोबीखोलाको पानी किनारको बस्ती र सडकसम्म आउन सक्ने भएकाले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।