डा.केसीको मागप्रति समर्थन जनाउँदै देशभरका चिकित्सक आन्दोलित

काठमाडाैं । चिकित्सा शिक्षा सुधारको माग राख्दै आमरण अनसनमा बसेका डा गोविन्द केसीको मागमा समर्थन गर्दै देशभरका चिकित्सक आन्दोलनमा उत्रेका छन् ।
 
देशका विभिन्न अस्पतालका चिकित्सकहरुले २ घन्टा अस्पतालमा परिसरमा धर्ना दिँदै डा केसीको माग पूरा गर्न सरकारसँग माग गरेका छन् । आकस्मिक र कोभिड बिरामीको उपचारमा हातमा कालो पट्टी बाँधेर उनीहरुले काम गरिररहेका छन् ।
 
त्यस्तै केसीको माग तत्काल पुरा गर्न माग गर्दै सोलिडारिटी फर डा. केसी एलायन्सले मंगलबार केसीको समर्थनमा काठमाडौंको नक्सालमा प्रदर्शन गरेको छ । उनीहरुले कर्णाली बिज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाए सुरु गर, स्वास्थ्यमा व्यपार बन्द गर, गोविन्द केसीको माग पुरा गर लगाएतका प्लेकार्ड बोकेका थिए ।
 
त्यस्तै आवासीय चिकित्सकहरुले पनि डा. गोविन्द केसीको समर्थनमा प्रर्दशन गरेका छन् । डा. केसीको माग पूरा गर्न सरकारलाई दबाब स्वरुप धर्ना दिएका हुन् । चिकित्सकहरूले हातमा कालोपट्टी बाँधेर प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
 
उनीहरुले तत्काल डा केसीको माग पुरा गर्न आग्रह समेत गरेका थिए ।
यसैबीच चिकित्सा शिक्षा क्षेत्र सुधारका ६ बुँदे माग राख्दै अनसनरत डा गोविन्द केसीलाई शिक्षा सचिव गोपीनाथ मैनालीले भेटेका छन् ।