सोमबारबाट तातोपानी नाका सञ्चालन
काठमाडौं - करिब डेढ महिना ठप्प रहेको तातोपानी नाका नेपाली र चिनियाँ अधिकारीबीच सहमति भएसँगै सोमबारबाट सञ्चालनमा आएको हो । असोज १३ दुई पक्षबीच नाका खोल्ने विषयमा सहमति भएको थियो ।
यसअघि तिब्बतको स्थानीय प्रशासन नेलाम काउन्टीले खासाभन्दा करिब ३५ किमिमाथिको ‘क्यानोन कु’ ताल फुट्ने जोखिम भएको भनी सूचना जारी गरेसँगै सो नाका बन्द भएको थियो ।
नाका खुलेलगत्तै नाकाबाट नेपाल-चीन सामान ढुवानी गर्ने सवारीसाधनको आवतजावतको भीड बढेको छ । नाकाबाट कोरोना संक्रमण भित्रिन नदिन तातोपानी भन्सार कार्यालयले सामान ल्याउन २९ जनाको दुई टिम तयारी अवस्थामा राखेको छ । उनीहरुको पाँच दिनमा दिनमा परीक्षण गरिने बताइएको छ ।
प्रतिक्रिया