रौतहटमा थप ५२ जनामा कोरोना पुष्टि, रौतहटमा ९२१ पुग्यो

अमित ठाकुर

रौतहट -
रौतहटमा थप ५२ जनामा कोरोना पुष्टि भएको जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख महेश साहले जानकारी दिएको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट दिनका दिन रौतहटमा संक्रमित थप्दै गएका छन्। नेपाल र भारत सिमा नाका बन्द भएता पनि भार्तीय नागरिकहरु गौर सम्म आउने गरेको हो।

नाका नामको लागि मात्र बन्द भएका छ, नाका  बाट अहिले गौर बजारमा भार्तिय नागरिकहरुको चहल पहल बडेका छ । होसिमानामा अहिले गौर बजारमा भार्तिय नागरिकहरुको चहल पहल भएको हो। संक्रमितको संख्या बढ्दै जाँदा रौतहटको होटल, हार्डवेयर,कपडा पसल सहित सबै पसल खुल्न थालेको हो। इशनाथ नगरपालिकामा १ जना,देवाही गोनाही नगरपालिकामा ८ जना,परोहा नगरपालिकामा १ जना,बौधीमाई नगरपालिमामा ३३ जना र यमुनामाइ गाउँपालिकामा ९ जना, संक्रमित थपिएको हो।  हालसम्म रौतहटमा संक्रमीत संख्या ९२१ पुगेको छ ।
 अहिले  सबै संक्रमित क्वारेन्टाइनमै बसैका  छ ।