काठमाडौं उपत्यका भित्र ९ सय सवारीसाधनलाई कारबाही
काठमाडौँ– काठमाडौंको राजधानीमा जोरबिजोर प्रणाली अन्तर्गत आज मंगलबार बिहान ९ सय वटा सवारीसाधन प्रहरीले नियन्त्रणमा लिएको छ । काडमाडौं उपत्यकामा कोरोना भाइरसको महामारी नियन्त्रणका लागि प्रशासनले जोरबिजोर प्रणाली लागू गरेको थियो।
महाशाखा प्रमुख एसएसपी भीमप्रसाद ढकालले कोरोना भाइरस महामारीको रुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागी काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको बताएका छन् ।
जोरबिजोर नियम उल्लंघन गरेको आरोपमा महानगरीय ट्राफिक महाशाखाले ९ सय वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
सवारीसाधन चालकहरुले जोरबिजोर नियम पालना नगरेको व्यापक गुनासो आएपछि चेकजाँच बढाउँदा धेरै सवारीसाधन नियन्त्रणमा लिईएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
राजधनीका विभिन्न ४५ वटा चेक प्वाइन्टबाट ती सवारीसाधन नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई आइन्दा नियम पालना गराउने सर्तमा एकपटकलाई छोड्ने प्रहरीको तयारी छ । तर, सवारी नियम नै उल्लंघन गर्नेलाई भने कारबाही गरिने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
प्रतिक्रिया