लगातार वर्षाका कारणले पहिरो आएर नारायणगढ–मुग्लिन सडक पुन अबरुद्ध

चितवन - लगातार वर्षाका कारणले पहिरो आएर नारायणगढको –मुग्लिन सडक पुन अबरुद्ध भएको छ ।

इच्छाकामना गाउँपालिका वडा नम्बर ६ स्थित चार किलोमागए राति पुनः पहिरो खसेसँगै सडक अबरुद्ध भएको हो ।

जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख दयाकृष्ण भट्टकाअनुसार लगातार वर्षा भईरहेकोले राति लेदोसहित पहिरो खसेका कारण सडक अबरुद्ध भएको हो ।सोहि स्थानमा बुधबार दिउँसो पनि पहिरो खसेको थियो । पहिरो पन्छाएपछि साँझ ७ बजेदेखि सडक सञ्चालन गरिएको थियो ।

यता पृथ्वी राजमार्गको नारायणगढ–नौवीसे सडक खण्डअन्तर्गत कुरीनटारको पहिरो पन्छाएर बुधबार राति नै सडक एकतर्फी सञ्चालनमा ल्याईएको छ । साँझ पहिरो खसेसँगै अबरुद्ध सडक राति नै पहिरो पन्छाएर सञ्चालनमा ल्याईएको हो ।