अनलाइनबाट पढ्नका लागि ठाउँठाउँमा फ्री वाइफाई राख्ने काठमाडौं महानगरपालिकाको तयारी

काठमाडौं - कोरोना महामारीका कारण लामो समयदेखि विद्यालयहरु बन्द भएकोले अब विधाथीहरुको लागी सहजिकरण हुनको लागी काठमाडौं महानगरपालिकाले अनलाइनबाट पढ्नका लागि ठाउँठाउँमा फ्री वाइफाई राख्ने तयारी गरेको छ । महानगरपालिकाले नगरभित्रका ठाउँठाउँमा निःशुल्क इन्टरनेटको सुविधा दिन लागेको हो ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले विद्यार्थीको पढनको लागि फ्री वाइफाई सेवा विस्तार गर्ने बारेमा तयारी थालेको जानकारी दिए ।

‘ तर, कतिपय विद्यार्थी इन्टरनेटको पहुँचबाट बञ्चित छन् । विद्यार्थीहरुको सहजिकरणको लागि ठाउँठाउँमा फ्री वाइफाई राख्ने बारेमा छलफल भैरहेको छ । उनका अनुसार महानगरपालिका भित्रका ३२ वडाका विभिन्न आवश्यक ठाउँहरुमा फ्रि वाईफाइ राखिने छ ।

प्रवक्ता डंगोलले अहिले पनि सभागृह, धार्मिक स्थल लगायतका ठाउँहरुमा निःशुल्क फ्रि वाइफाई राखिएको बताए । उनले भने,‘यो संकटको बेलामा पनि विद्यार्थीको निरन्तर कसरी सिकाइलाई अगाडि बढाउने भन्ने विषयमा पनि छलफल चलिरहेको छ ।’