सशस्त्र प्रहरीको ३६ नम्बर गण स्थापनका लागि सहमति
डोटी -जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ जोगीडाब्रेमा सशस्त्र प्रहरी बलको ३६ नम्बर गण स्थापनाका लागि यहाँका स्थानीयवासीले सहमति दिएकाछन् ।
कुमालीकोट, राजपुर तथा कुल्पाते सामुदायिक वनमा निर्माण गरिन लागिएको गणको मुख्यालयका लागि सशस्त्र प्रहरीले वातावरणीय प्रभाव मुल्यांकन, क्षति तथा समस्याबारे राय सुझाव लिन आयोजना गरेको कार्यक्रममा वडा नं ४ का स्थानीयवासी तथा सामुदायिक वनका पदाधिकारीले उक्त वन क्षेत्रमा भवन निर्माण गर्न सहमति दिएका हुन् ।
दुई वर्षअघि शिक्षक तालिम केन्द्रमा अस्थायीरूपमा स्थापना गरिएको सो गणका लागि अब आफ्नै जमिनसहित भवन निर्माणको लागि गृहमन्त्रालयबाट बजेट विनियोजन भएपछि गणले यहाँका स्थानीयवासी तथा सरोकारवालाहरुसँग राय सुझाव लिन थालेको हो ।
प्रतिक्रिया