पशुपतिनाथको मन्दिर दर्शनको लागि खुला गर्ने तयारी

काठमाडौं - कोरोनाका कारण लामो समयदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर पुण पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर खुला गर्ने तयारी गरेको छ । दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मन्दिर खुला गरिने कोषले जानकारी दिएको छ ।
मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुले सम्पूर्ण स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने छ । सुरक्षाका मापदण्ड पालना गरी दुई–दुई मिटरको भौतिक दुरी कायम गर्दै दर्शन गर्न पाउने व्यवस्था गरिएको छ ।

दर्शनका लागि खोलिने सम्पूर्ण ढोकाहरु खुला नभए पनि पश्चिमद्वार हुँदै भुवनेश्वरीबाट प्रवेश गराउने तयारी भएको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए । दर्शनार्थी मुल ढोकाबाट नै दर्शन गरी फर्किनुपर्नेछ ।
कार्यकारी निर्देशक खतिवडाले सरकारले निर्देशन दिएको दोस्रो दिनपछि नै पशुपतिनाथ मन्दिर सञ्चालन गर्न सकिने अवस्था रहेको बताए ।

दर्शनार्थीको सुविधालाई मध्यनजर गर्दै मन्दिर खुला भए पनि विशेष पूजाको व्यवस्था भने तत्काल नुहने बताइएको छ ।  संक्रमणको जोखिम बढी भएकाले तत्काल विशेष पूजाको व्यवस्था नहुने उनले बताए ।