पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा दुई जना ट्याङ्कर चालक पक्राउ
बारा - पेट्रोलियम पदार्थमा मिसावट गरेको अभियोगमा २ जना ट्याङ्कर चालकलाई मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ना.७ ख ३९२३ नम्बरको ट्याङकरका चालक जितपुरसिमरा उपमहानगरपालिका-२१ बस्ने २६ वर्षीय राजेश विश्कर्मा र ना.७ ख ४०९३ नम्बरको ट्याङ्करका चालक मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ नवलपुर बस्ने २९ वर्षीय सन्तोष खड्काल रहेका छ्न् ।
अमलेखगंज डिपोमा निगमको करारनामामा रहेका उक्त ट्याङकरमा इन्डियन आयल कर्पोरेसनबाट पेट्रोल लोड गरी आउने क्रममा उनीहरुले पेट्रोलियम पदार्थ पेट्रोलमा मिसावट गरी २ नम्बर प्रादेशिक कार्यालय अमलेखगंजमा खाली गर्नु पूर्व जाँच गर्दा मिसावट रहेको पाइएपश्चात उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरु उपर कालो बजार तथा अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गत जिल्ला प्रशासन कार्यालय बाराबाट १० दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
प्रतिक्रिया