कुलमानको समर्थकलाई साबुनविनै नुहाईदियाे ओली सरकारले

काठमाडौँ- नेपाल विद्युत प्राधिकरणका पुर्वकार्यकारी निर्देशक कुलमान घिसिङ्गलाई पुन:नियुक्त गर्नु पर्ने मागसहित काठमाडौंको माइतिघरमा प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पानीकाे फाेहाेराले नुहाईदिएकाे छ ।

आफ्नो कार्यकाल पूरा गरी प्राधिकरणबाट बिदा भएका कुलमानलाई सरकारले पुनः नियुक्त नगरेसँगै उनकाे सर्मथनमा उत्रिएकाे भिडलाई तितरवितर पार्दै प्रहरीले पानीकाे फाेहाेरा र लाठिचार्ज गरेकाे हाे ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले माइतीघर मण्डला क्षेत्रमा कुनै प्रकारमाे प्रदर्शन गर्न नदिन आदेश नै जारी गरेको छ ।

कुलमान घिसिङ्ग भने भदौ २८ गते चार वर्षे कार्यकाल पूरा गरी हासिखुसी प्राधिकरणबाट बिदा भएका छन् ।

कुलमान समर्थकन तथा पुनः नियुक्तीकाे मागं गर्दै  प्रदर्शनका लागि सामाजिक अभियन्ता लगायत काेराेना महामारीकाे समयमा माइतीघर मण्डला पुगेका थिए ।