भूकम्प र बाढीपहिरोको चपेटामा सिन्धुपाल्चोक, ७ वर्षमा दर्जन बढी ठूला घटना, सयौँको ज्यान गयो
काठमाडौं - प्राकृतिक विपत्तिका घटनाले सिन्धुपाल्चोकलाई नराम्ररी पिरोलेको छ । यो वर्ष मात्र बाढी पहिरोमा सयभन्दा बढी मृत्यु र बेपत्ता भएका बेला फेरि भूकम्पले त्राहिमाम बनाएको छ ।
बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चेमा करिब ६ म्याग्निच्युडको भूकम्प गएको छ । क्षतिको विवरण आउन बाँकी छ । हेरौँ, २०७१ सालयता सिन्धुपाल्चोक जिल्लामा भएका ठूला प्राकृतिक विपत्ति, विपत्तिबाट भएका मानवीय एवम् भौतिक क्षतिको संक्षिप्त विवरणः
१. २०७१ साउन १७
जुरे पहिरो: राम्चेमा भीषण पहिरो खस्दा १ सय ४५ जनाको मृत्यु ।
पहिरोले भोटेकोशी नदी २४ घण्टा थुनियो । महिनौंसम्म अरनिको राजमार्ग अवरुद्ध ।
घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्मसमेत १५३ घर पूर्णरूपमा क्षति ।
२. २०७२ वैशाख १२, १३ र २९
विनाशकारी भूकम्पका कारण सिन्धुपाल्चोमा मात्रै ३ हजार ५ सय ७१ जनाको मृत्यु ।
१ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता ।
७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति, विद्यालय र सरकारी भवन समेत क्षतिग्रस्त ।
३. २०७३ असार २१
भोटेकोशीमा आएको बाढीले चीनको तिब्बतसँगको सिमानाका लिपिङ बजारदेखि बाह्रबीसे बजारसम्मका र तल्लो तटीय क्षेत्रका ६० घर बगाएको ।
भोटेकोशीको तटीय क्षेत्रका बस्तीमा क्षति ।
अरनिको राजमार्ग अवरुद्ध ।
लिपिङ बजारका ३० घर बगायो ।
तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति ।
अरनिको राजमार्गका विभिन्न स्थानमा क्षति
४. २०७४ साउन ८ राती
लार्चा पुल बगायो ।
राती खसेको पहिरो आएर लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद ।
लार्चा पुल बगाउँदा अरनिको राजमार्ग अवरुद्ध ।
५. २०७५ भदौ २
साँधी खोलामा आएको पहिरोले पक्की पुल बगायो । पहिरोका कारण २२ घरमा लेदो पसेको, १२ घर जोखिममा ।
६. २०७७ असार २४
बाह्रविसे नगरपालिका वडा नं ५ को जम्बु बजारमा माथिबाट आएको पहिरोले बस्ती पुरै पुरिएर २ जनाको मृत्यु, १७ जना वेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षति ।
बाह्रविसे नगरपालिकाको खागदलमा बाढी पहिरोले बस्ती पुरियो २२ घर बस्न नमिल्ने गरी क्षति, भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोमा परि १ जनाको मृत्यु, ३ जना बेपत्ता ।
सोही राती भोटेकोशीको लार्चामा गएको पहिरोले १३ घर क्षति, गाउँ नै विस्थापित ।
जम्बुमा २५ घर क्षतिग्रस्त, खागदलमा २२ घर क्षतिग्रस्त ।
अरनिको राजमार्गका खागदल र बुल्कुटेको २ वटा पुल क्षतिग्रस्त ।
भोटेकोशी गाउँपालिका लार्चाका पहिरोबाट विस्थापित भएकाहरुलाई तातोपानीमा रहेको ड्राइपोर्टमा राखिएको ।
७. २०७७ असार ३१ राती
भोटेकोशी गाउँपालिकाको फुल्पिङ गाउँमा खसेको पहिरोमा परि एकै परिवारका ५ जनाको मृत्यु, ३ घर पूर्ण रुपमा क्षति,
विद्यालय भवनमा आंशिक क्षति ।
८. २०७७ साउन १८ राती
मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ८ जना मजदुरको मृत्यु ।
९. २०७७ साउन १८ राती
बरुवा स्वास्थ्यचौकीसंगै जोडिएको घर पहिरोले बगाउँदा २ जनाको मृत्यु ।
१०. २०७७ साउन २२
अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिएर क्षति । बाढीले बलेफी जलविरे ढाँडे कात्तिके सडक ठाउँ ठाउँमा अबरुद्ध । धानखेत बगाएको ।
बलेफी गाउँपालिकाको वडा नं १, २, ३ र ४ का जलविरे, नौविसे, ढाँडेखोला, कामीटार, झोलंगे, जुगल गाउँपालिकाको राम्चेमा सयौं रोपनी धान खेत बगायो ।
११. २०७७ साउन ३० बिहान
जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरिएको । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जना मध्ये ३७ जनाको शव भेटियो, २ जना बेपत्ता, खोजी जारी ।
१३ घर पूर्ण रुपमा पुरिएर क्षति, थप २४ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त ।
१२. २०७७ भदौ २७ गते राती
१३. बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको भीरकोट, नेवारटोल र नागपुजेमा भीषण पहिरो । पहिरोमा पुरिएर बेपत्ता ३१ जनामध्ये १५ को शव फेला, १६ बेपत्ताको खोजी जारी ।
भीरखर्क ६, नाकपुजेका ११ र नेवार टोलका १३ गरी ३० घर पूर्ण क्षति । १७ घर उच्च जोखिममा ।
१४. २०७७ भदौ ३१ गते बिहान ५:१९
बाह्रविसे नगरपालिकाको राम्चे केन्द्रविन्दु भएर ६ म्याग्निच्यूडको भूकम्प । हालसम्म मानवीय र भौतिक क्षतिको विवरण प्राप्त नभएको ।
प्रतिक्रिया