पेट्रोलियम पदार्थ र एलपी ग्यासको मूल्य अहिलेसम्मकै महँगो, स्थानीय चुनावपछि दुुईपटक मूूल्य वृद्धि , उपभोक्ता मारमा
सरकारले एलपि ग्यासको दुुई सय रुपैयाँले बढाउँदा अब एक सिलिन्डर ग्यासको एक हजार ८ रुपैयाँ उपभोक्ताले तिर्नुुपर्ने छ ।
पेट्रोलियम पदार्थको मूूल्य अहिलेसम्मकै महँगो भएको छ । सात महिनामा दश पटक मूल्यवृद्धि हुुँदा पेट्रोलिमय पदार्थ र खाना पकाउने ग्यासको मूल्य हालसम्मकै महँगो भएको हो।
सरकारले स्थानीय तहको निर्वाचन सकिएलगत्तै यो सहित दुुई पटक पेट्रोलिमय पदार्थको मूूल्य वृिद्ध गरेको छ ।
यस अघि एलपि ग्यासको मूूल्य नबढाए पनि आइतबार दुुई सय रुपैयाँले एलपि ग्यासको मूूल्य बढाएको छ । उपभोक्ताले सोमबारबाट एक सिलिन्डर ग्यास खरिदगर्दा एक हजार आठ रुपैयाँ तिर्नुपर्ने छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको भन्दै पेट्रोल, डिजल, मट्टितेल र हवाई इन्धनमा लिटरमै दश रुपैयाँ बढाएको छ । यो मूल्यवृद्धि पछि अब पेट्रोल लिटरको एक सय ८० रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य एक सय ६३ रुपैयाँ पुगेको छ भने हवाई इन्धन लिटरको १ सय ६३ रुपैयाँ पुगेको छ ।
यो मूल्यवृद्धि पछि पनि निगमको नोक्सानी १५ दिनमा तीन अर्ब ३५ करोड रुपैयाँ अनुुमानित घाटा रहने जारी विज्ञप्तिमा उल्लेख गरेको छ । बढेको मूूल्य आइतबार राती १२ बजेबाट लागु हुने छ ।
रुस र युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको अवस्थामा मूल्य समायोजन गर्दा पनि इन्धनमा अझै घाटा रहेको निगमले बताएको छ ।
यस अघि पनि पेट्रोल, डिजेल र मट्टीतेलमा एकैपटक प्रतिलिटर दश रुपैयाँ बढाइएको थियो । पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७० र डिजेल–मट्टीतेलको प्रतिलिटर एक सय ५३ रुपैयाँ थियो ।
निगमले घाटालाई थेग्नै नसक्ने भएपछि बाध्य भएर मूल्य बढाईएको नेपाल आयल निगमका प्रवक्ता विनीतमणि उपाध्यायले बताए ।
घाटालाई कम गर्न मूल्यवृद्धि ः विनीतमणि उपाध्याय, प्रवक्ता, आयल निगम
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा नेपालमा पनि मूल्यवृद्धि भएको हो । मे महिनामा प्राप्त खरिद मूल्य गएको महिनाको तुलनामा अझै बढेर आउँदा निगमले उच्च घाटा व्यहोर्नु परिरहेको छ । जेठ २ मा प्राप्त खरिद लागत र वैशाख ३१मा केही मूूल्य समायोजन गरेपछि पनि निगमलाई प्रतिलिटर पेट्रोलमा २२.९४ रुपैयाँ र डिजेलमा ३५.३३ रुपैयाँ घाटा रहेको छ भने खाना पकाउने एलपी ग्यासमा एक हजार ५० दशमलव १८ पैसा घाटा रहेको छ । यही घाटालाई कम गर्न निगमले मूल्यवृद्धि गर्नुपरेको हो ।
अन्तर्राष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै जाँदा नेपालमा पनि मूल्यवृद्धि भएको निगमका प्रवक्ता उपाध्यायले बताए । मे महिनामा प्राप्त खरिद मूल्य गएको महिनाको तुलनामा अझै बढेर आउँदा निगमले उच्च घाटा व्यहोर्नुपरेको र त्यसलाई कम गर्न मूल्यवृद्धि गरिएको उनले बताए ।
निगमलाई मट्टीतेल र हवाई इन्धनमा भने नाफा रहेको छ । नयाँ खरिद मूल्यअनुसार निगमलाई प्रतिलिटर मट्टीतेलमा १२.६४ रुपैयाँ, हवाई इन्धनमा (आन्तरिकतर्फ) ५.४५ रुपैयाँ र हवाई इन्धन (बाह्यतर्फ) ६०.०१ रुपैयाँ नाफा रहेको निगमले जनाएको छ । मूल्यवृद्धिपछि पनि निगमलाई १५ दिनमा करिब चार अर्ब ४९ करोड घाटा हुने स्थिति देखिएको उनले बताए ।
पेट्रोलियमको मूल्य हालसम्मकै उच्च
पेट्रोलियम पदार्थको मूल्य हालसम्मकै उच्च भएको छ । निगमले ३० फागुन ०७० मा मूल्यवृद्धि गरी पेट्रोल एक सय ४० रुपैयाँ तथा डिजेल र मट्टीतेल एक सय नौ रुपैयाँ प्रतिलिटर पु¥याएको थियो । तर, आइतबार रातिबाट लागू हुने गरी निगमले पेट्रोलको मूल्य एक सय ८० रुपैयाँ पु¥याएको छ, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ६३ रुपैयाँ निर्धारण गरेको छ, जुन अहिलेसम्मकै महँगो हो । त्यस्तै, पेट्रोलियम पदार्थको मूल्यमा सर्वाधिक महँगो हुने ‘रेकर्ड’ कायम हो ।
सात महिनामै दशम पटक मूल्य बढाइयो
चालू आर्थिक वर्ष ०७८÷७९ को साउनदेखि जेठसम्म निगमले पेट्रोलियम पदार्थमा दश पटक मूल्यवृद्धि गरेको छ । ७ भदौमा मूल्यवृद्धि गर्दै पेट्रोल एक सय ३० तथा डिजेल र मट्टीतेल समान एक सय १३ रुपैयाँ प्रतिलिटर पु¥याइएको थियो । त्यस्तै, आन्तरिक हवाई इन्धन ८६ रुपैयाँ प्रतिलिटर, बाह्य हवाई इन्धन सात सय ७० डलर प्रतिकिलोलिटर र एलपी ग्यास प्रतिसिलिन्डर एक हजार चार सय ५० रुपैयाँ कायम गरिएको थियो । त्यसयता निगमले १२ कात्तिक, २४ कात्तिक, ५ माघ, १८ माघ, ७ फागुन, १९ फागुन, २ चैत, २२ चैत हुँदै ३१ वैशाख हुँदै आइतबार समेत मूल्यवृद्धि गरेको हो ।
सहुलियत ऋण खोज्दै निगम
बढ्दो घाटाका कारण आइओसीलाई भुक्तानीसमेत गर्न नसक्ने स्थिति आएपछि निगमले रकम जुटाउने माध्यम खोजिरहेको निगमले जनाएको छ । सरकारले नपुग रकम व्यवस्थापन गरिदिन वा सहुलियत ऋण मिलाइदिनुपर्ने निगमको भनाइ रहेको छ । निगमले आइओसीलाई पेट्रोलियम पदार्थ खरिदबापतको रकम नियमित किस्तामा महिनामा दुईपटक भुक्तानी गर्नुपर्ने हुन्छ, तर रकम अभावका कारण निगमले नियमित भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गर्न सकिरहेको छैन,’ निगमले यस अघिको विज्ञप्तिमा उल्लेख गरेको थियो ।
प्रतिक्रिया