चितवनमा थप ३१ जनामा कोरोना संक्रमण
भरतपुर- चितवनमा आज थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भरतपुर अस्पतालको कोभिड-१९ ल्यावमा गरिएको परीक्षणमा ७ जना र चितवन मेडिकल कलेजको ल्यावमा
गरिएको परीक्षणमा २४ जनामा गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पतालको ल्यावमा गरिएको परीक्षणमा भरतपुरका २ महिला र २ पुरूष रहेको छ,यस्तै सुर्खेत र रौतहटका २ महिला हुन् ।
धनुषाका एक पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको ल्यावकी प्रमुख डा नीतु अधिकारीले जानकारी दिए ।
यसैगरी चितवन मेडिकल कलजेको ल्यावमा भएको परीक्षणमा
भरतपुरका ५ पुरूष र ४ महिला
रत्ननगरका २ महिला
नवलपुर गैँडाकोटका ३ महिला र ३ पुरूष,
हुप्सकोट एक महिला र मध्यविन्दुका एक पुरूष
यस्तै बाँके, काठमाडौं, रुपन्देही, तनहुँ र लमजुङका एकरएक जना गरी अरू ५ जनामा पनि संक्रमण भएको चितवन मेडिकल कलेजले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया