होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु

चितवन - भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको आइसोलेसनमा आज बिहान मृत्यु भएको छ ।

उनलाई दीर्घ रोगी भएको भदौ ११ गते नमूना संकलन गरिएको थियो । भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएपछि उनि होम आइसोलेसनमा बसिरहेकी थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

यससँगै जिल्लाका कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ ।