​​​​​​​एक महिलाको मृत्युपछि कोरोना पुष्टि

चितवन - चितवनको भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा आज उपचाररत एक वृद्धाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

मृत्यु हुनेको रत्ननगर नगरपालिका–२ की ७८ वर्षीया महिला छिन् ।उनलाई दमको समस्याले यही भदौ २३ गते अस्पतालमा भर्ना भएकी २४ गते अपराह्न उपचारका क्रममा कोभिड सघन उपचार कक्षमा मृत्यु भएको थियो ।

मृत्युपछि आज (शुक्रबार) बिहान आएको पिसिआर रिपोर्टमा कोरोना पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

योसँगै चितवन जिल्लाका अस्पतालमा उपचारका क्रममा २४ जना कोरोना संक्रमतिको मृत्यु भएको छ ।