काठमाडौंमा लकडाउन पुर्ण रुपमा खुल्याे फुटपाथ र ठेलाको व्यापार समेत गर्न पाइने

काठमाडौं-५ महिना भन्दा लामाेसमयकाे लकडाउन पश्चात उपत्यकामा अब फुटपाथ र ठेलाको व्यापार समेत खुला भएकोछ ।

उपत्यकाकाे तिन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञाासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ उल्लेख गरिएकाे हाे ।

अझ उक्त्त समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिने बताइएकाे छ ।

यसअघि साउन २७ गतेकाे मन्त्रिपरिषद्को बैठकले नै ठेला र फुटपाथको व्यापार बन्द गर्ने निर्णय गरेको थियो ।